निर्वाचनको सन्र्दभमा राजकुमार न्यौपानेको प्यानलले कोणसभा
चैत १०, हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा मकवानपुर उद्योग वाणिजय संघको निर्वाचनको सन्र्दभमा अध्यक्षका उम्मेद्वार राजकुमार न्यौपानेको प्यानलले कोणसभा गरेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार न्यौपानेले सम्पूर्ण उद्योगी, ब्यवसायीको हक हितको लागि आफ्नो उम्मेद्वारी भएको बताए । मकवानपुर उद्योग वाणिज्य संघलाई केहि ब्यक्तिले घरबाट चलाउने प्रयत्न गरेको भन्दै उनले उद्योग वाणिज्य संघलाई सिण्डीकेट मुक्त बनाउनुपर्नेमा जोड दिए ।
आफ्नो प्यानलमा काम गर्ने युवा तथा अनुभवि ब्यक्तित्वहरु रहेको भन्दै न्यौरपानेले आफ्नो प्यानललाई विजयी गराउन आग्रह गरे । आफ्नो नेतृत्वमा मकवानपुर उद्योग वाणिज्य संघ भएको समयमा उद्योगी, ब्यवसायीहरुको हितमा धेरै काम भएको भन्दै यो पटक पनि मतदान गरि काम गर्ने अवसर प्रदान गर्नको लागि न्यौपानेले अनुरोध गरेका छन् ।
























