आफ्नै घरमा झुण्डिएको अवस्थामा हेटौंडाका घिमिरेको शव फेला
चैत १०, हेटौंडा। हेटौंडा– ८ मिलन टोलस्थित अन्दाजी ५० वर्षीय दामोदर घिमिरे झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
उनले घिमिरेको शव आज बिहान पौने ६ बजेको समयमा आफ्नै घरमा सलले झुण्डिएको अवस्थामा फेला परेको बताए ।
प्रवक्ता रिमालका अनुसार परिवारका सदस्यले खबर गरेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको र शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याईएको छ ।
























