अपाङ्ग व्यक्तिका लागि मकवानपुरमा पुनरस्थापना केन्द्र भवन बन्दै
चैत १०, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ कमाने, नागस्वतीमा मकवानपुर नेत्रहिनसंघको भवन निर्माणको काम सुरु भएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि तालि तथा पुनरस्थापना केन्द्र भवनको हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण हुन लागेको हो ।
बिभीन्न कारणले अपाङ्गता भएका व्यक्तिहरुलाई बस्नका लागि सजिलो होस र आयआर्जनका लागि तालिम लिन समेत सहज होस भनेर भवन निर्माणमा सहयोग गरिएको मेयर हरि बहादुर महतले वताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरु बस्नका लागि सहज होस भन्ने उदेस्यले यस वर्ष मात्र दश लाख रुपैयाँ उपमहानगरपालिकाले उपलब्ध गराइएको मेयर महतले वताउनुभयो । उनीहरुका लागि जग्गा समेत उपमहानगरपालिकाले उपलब्ध गराएको थियो ।
त्यही जग्गामा भवन निर्माणको काम नसकुन्जेल सम्म सहयोग गरिने उहाँले वताउनुभयो । बिशेषगरी दृष्टिबिहीनहरुका लागि तालिम दिने, रोजगारी सृजना गर्ने र उनीहरुले उत्पादन गरेको सामाग्री बजारमा बिक्रीका लागि लग्ने तयारीका साथ भवन निर्माण सुरु गरिएको हो ।
मकवानपुर जिल्लाभरीका दृष्टिबिहीनहरुलाई यो वन्दै गरेको भवनमा तालिम दिएर काम सुरु गर्न लागिएको हो । अरु काम गर्न सक्ने र पहुँच भएकाहरुलाई भन्दा पनि अपाङ्गता भएका व्यक्तिहरु स्थानीय सरकारले प्राथमिकताका आधारमा सहयोग गर्ने उहाँले वताउनुभयो ।























