सुशासन हुन अनिवार्य शान्ति सुरक्षा व्यवस्थित हुनुपर्छ –मुख्यमन्त्री पौडेल

चैत १०, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा शान्तिसुरक्षा भएन भने समृद्धीको कल्पना पनि गर्न नसकिने वताउनु भएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा आज बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुको कार्यसम्पादन समिक्षा एवम् आगामी रणनीति निर्धारण गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सरकारलाई सफल बनाउने भनेको शुशासनले रहेको वताउनुभयो ।

प्रहरीमा एकै खालका समस्या धेरै रहेको उहाँले वताउनुभयो । प्रहरीमा अपुग दरवन्दी रहेकाले यसमा पदपुर्ति गर्ने मुख्यमन्त्री पौडेलले वताउनुभयो । प्रदेश प्रहरीलाई नयाँ ढंगले सोच्न सकिने उहाँले वताउनुभयो ।

सीमित जनशक्ति र कम स्रोत साधनका बाबजुत पनि प्रहरीले नागरिकलाई अनुभूति हुने गरी काम गरेको उहाँको भनाई छ । शान्तिसुरक्षा व्यवस्थित नहुँदा समृद्धिको कल्पना समेत गर्न नसकिने भन्दै सुशासन हुन अनिवार्य शान्ति सुरक्षा व्यवस्थित हुनुपर्ने उहाँले वताउनुभयो ।

प्रदेश सरकारको तीन वर्ष कानुन र भौतिक संरचना बनाउँदै बितेको भन्दै उनले स्थायी सरकार पनि फेल गराउने खेलहरु देशमा भइरहेको वताउनुभयो । यस्तो अवस्थामा पनि प्रहरीले जनताले प्रत्यक्ष अनुभूति हुने गरी सेवा दिनुपर्नेमा उनले जोड दिनुभयो ।

यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले प्रदेशमा शान्ति सुरक्षा कायम राख्न सकिएको भन्दै अन्य प्रदेशको भन्दा बागमती प्रदेश प्रहरी अब्बल भएको दाबी गर्नुभयो । यस प्रदेशका नागरिकलाई सुरक्षाको अनुभुती दिलाएको वताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिब डाक्टर मान बहादुर बिके, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब मदन भुजेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*