माओवादी केन्द्र नेकपा खारेज फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय

चैत १०, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकता खारेज गर्ने फैसलाविरुद्ध पुनरावलोकनका लागि जाने निर्णय गरेको छ।

केन्द्रका स्थायी कमिटी सदस्य र कानुन व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कानुन व्यवसायीले सर्वोच्चले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएपछि माओवादी केन्द्रले उक्त निर्णयमा पुगेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीसँग छलफल गरेका थिए । नेताहरुले पुनरावलोकनबारे परामर्श लिएका थिए। माओवादी केन्द्र अब छिट्टै फैसला पुनरावलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने भएको हो।

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएपछि निर्वाचन आयोगले नाम जुध्ने गरी ओली र प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो । तत्काल ऋषि कट्टेलले आयोगमा दिएको निवेदन खारेज भएको थियो ।

त्यसपछि नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब ३ वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए। कट्टेलको पक्षमा फैसला गर्दै सर्वोच्चले फागुन २३ गते नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो । यो फैसलापछि नेकपा विभाजनले नयाँ मोड लिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*