केपी ओली पार्टी छाडेर गए हुन्छ, एमाले हाम्रो हो -माधव नेपाल

१० चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली बि–माले, सि–माले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरे ।

मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।

’उनले अघि भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बि–माले हुन् सि–माले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*