हेटौंडामा दुई सवारी ठोक्किदा दुई जना घाईते

चैत ११,हेटौंडा । मकवानपुरको हेटौंडा –११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यलय नजिक थानाभर्याङमा दुई सवारी ठोक्किदा दुर्घटना भएको छ ।

केहि बेरअघि हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४ ख ३६१५ नंबरको डिडिसीको दुध बोक्ने टाटा भ्यान र विपरित दिशाबाट आउँदै गरेको सामान बोक्ने सवारी एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना घाईते भएको र उपचारको लागि चुरेहील अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । थप विवरण आउँन बाँकी‘

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*