नेपाल समूहले बनायो अखिलमा समानान्तर कमिटी

११ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ ।

राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो । समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । साविकको एमालेमा तीनैजना सचिव थिए ।

माधव समूहले अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*