एमालेको पार्टी कार्यालय वैशाख १ गते देखि थापाथलीमा

चैत ११, काठमाडौँ– नेकपा एमालेको कार्यालय वैशाख एक गतेदेखि थापाथलीस्थित सेन्ट जेभियर्स कलेज नजिकको एउटा घरमा सर्ने भएको छ।

उक्त घरको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार निरीक्षण गरेका छन्। सञ्जय अग्रवालको उक्त घर पार्टी कार्यालयका लागि पाँच वर्षका लागि लिजमा लिइएको ओलीका आर्थिक सल्लाहाकार मोती दुगडले जानकारी दिएका छन्।

धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न पासाङ ल्यामू स्मृति प्रतिष्ठानले आग्रहपछि एमालेको पार्टी कार्यालय थापाथली सर्ने भएको हो। यसअघि ओलीले वैशाख ९ गते एमालेको कार्यालय निर्माणका लागि बल्खुमा शिलान्यास गर्ने निर्णय गरेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*