मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन रोक्नु भनेको छैन –सिडिओ 

चैत ११, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन रोक्न आफुहरुले कुनै पत्रचार नगरेको बताएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघले आगामी चैत्र २३ गते हुने निर्वाचन एकपक्षिय ढंगबाट स्थगित गरेपछि अध्यक्षका प्रत्यासी राजकुमार न्यौपानेको टोलीले आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएपछि प्रजिअ रिजालको उक्त भनाई आएको हो ।

आफुहरुले कुनै निर्वाचन, बजार, विद्यालय बन्द गर्न नभनेको भन्दै रिजालले मकवानपुर उद्योग वाणिज्य संघले आफुखुसी निर्वाचन रोकेको बताए । उनले निर्वात रोक्नुभन्दा सहमतिमा निर्वाचन गर्न समेत सुझाव दिएका छन् ।

चुनाव किन रोकियो भन्ने प्रश्नमा सिडिओ भन्छन् स् चुनाव हामिले गर्ने होर, तपाईहरुले गर्ने हो गर्नुस न, मैले रोक्नु भन्या छु र ? ज्ञापनपत्र बुझाउँदै अध्यक्षका उम्मेद्वार न्यौपानेले बहुमतको डाण्डा चलाएर अबैध ढंगबाट निर्वाचन गर्न खोजेको बताए ।

आफुहरु अन्यायमा परेको हुँदा आफुहरुले न्याय पाउने सबालमा प्रमुख जिल्ला अधिकारीले सहजिकरण गरिदिनुपर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*