न्यायीक समितिमा सूचिकृत भएका मेलमिलापकर्ताहरुलाई हेटौंडामा तालिम
चैत १२, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा न्यायीक समितिमा सूचिकृत भएका मेलमिलापकर्ताहरुको तालिम भइरहेको छ ।
सूचिकृत भएका मेलमिलापकर्ताहरुलाई ३ दिनका दरले बिभीन्न चरणमा तालिम भइरहेको उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले वताउनुभयो ।
नगरभरीको मेलमिलापकर्ताहरुको काम गर्दै आएकाहरुलाई काम गर्न थप सहज होस भन्ने उदेस्यले तालिम दिएको हो । ३ चरणमा तीन दिनका दरले तालिम दिन थालिएको उपमहानगरपालिकाका सामाजिक विकास महासाखाका प्रमुख भिम तिमल्सीनाले वताउनुभयो ।
वडा वडामा खटिएका मेलमिलापकर्ताहरुलाई काम गर्न थप सहज होस भन्ने उदेस्यले यो तालिम दिन थालिएको हो । मेलमिलापकर्ताहरुले उपमहानगरपालिका कार्यालय सहित बिभीन्न वडामा रहेर मेलमिलापकर्ताको रुपमा काम गर्दै आएका छन् ।
























