मकवानपुरगढीका शिक्षकले छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ

चैत १२, हेटौंडा । आफ्नै बिद्यालयमा अध्ययनरत छात्रा विद्यार्थीहरुलाई अभद्र व्यवहार गरेको आरोपमा मकवानपुरको मकवानपुरगढीका एक शिक्षक पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे पक्राउ परेका हुन् ।

आज ३ जना छात्रा विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई आजै पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रवक्ता रिमालको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*