हेटौँडा १९ मा अनेरास्ववियुको वनभोज हुने

मकवानपुर, १२ चैत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर जिल्ला कमिटिद्वारा हेटौंडा उपमहानगरपालिका १९ सहिद पार्कमा होली विशेष शुभकामना आदानप्रदान, वृहत कार्यकर्ता भेला तथा वनभोज कार्यक्रम हुने भएको छ ।

शनिबार बिहान हुने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथि रहनेछन् । त्यस्तै अनेरास्ववियु केन्द्रिय अध्यक्ष ऐन महर विशिष्ट अतिथि र अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष, नेकपा केन्द्रिय सदस्य महेश बर्तौला लगायत नेकपा एमाले जिल्ला कमिटीका नेताहरुको कार्यक्रममा उपस्थिति रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*