भिमफेदिमा घर सहित पशुचौपाया जलेर नस्ट
मकवानपुर, चैत १२– मकवानपुरको भिमफेदि गाउँपालिकामा आगलागी हुँदा २ घर सहित पसुचौपाय जलेर नष्ट भएका छन्।
भिमफेदि गाउँपालिका -२ भैसेका इन्द्र बहादुर सिजालिको घरमा आज दिउँसो आगलागी भएको हो । आगलागीबाट दुई घर पूर्ण रूपमा नष्ट भएका छन् भने ४ गोठ र पसुचौपाया जलेर नस्ट भएको छ ।
प्रहरी चौकी भैसेका प्रमुख प्रभु राउतका अनुसार दिउसो १२ : ४५ बजेतिर आगलागी भएको हो। प्रहरी र स्थानीयले नियन्त्रण गर्न प्रयास गर्दा समेत नसकेको प्रहरी चौकी भैसेका प्रमुख राउतले जानकारी दिनु भयो ।
पूर्ण रूपमा नष्ट भएका घरहरूमध्ये नगद सहित लत्ताकपडा,खाद्यान्न सबै जलेरको प्रारम्भिक विवरण आएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। ग्यासबाट सल्केर आगलागी भएको स्थानीयले बताएका छन ।
























