इन्द्रसरोवरमा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न
चैत १२,हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा एमालेका केन्द्रयि सदस्य सुवासचन्द्र ठकुरी, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव लालबहादुर थापा, इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
भेलाले देब कृष्ण पुडासैनीको अध्यक्षतामा ३५ सदस्य समिति चयन गरेको छ । यसैगरि भेलाले समितिको सचिवमा प्रताप लामा चयन गरेको छ ।
























