अस्पतालमा आगलागी हुँदा ६ जनाको ज्यान गयो

चैत १३, काठमाण्डौ – भारतको मुम्बईमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको सनराइज अस्पतालमा आगलागी भएको हो ।

अस्पतालमा रहेका कोरोना सङ्क्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको त्यहाँका मेयरलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आगलागीको कारण खुलेको छैन । आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*