प्रधानमन्त्रीले हाम्रा माग पूरा गर्न सुरु गरिसक्नुभोः महन्थ ठाकुर

हेटौंडा, चैत १३ – प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन्।

उनले मधेशको मुद्दामा प्रधानमन्त्री ओलीसँग सकारात्मक कुरा भएको बताए। शुक्रबार प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरु जिल्ला अदालत, कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग राय मागिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएर केही कार्यहरु अगाडि समेत बढाइसकेको ठाकुरले बताए। प्रधानमन्त्रीसँग पटक–पटक भएका वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको उनले बताए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*