एमालेमै बसेर पार्टीलाई बलियो, गतिशील बनाउने नेपाल समूहको निर्णय

१३ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ ।

पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेपाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार सांसदहरु शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा जाने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

कलंकीस्थित एक पार्टी प्यालेसमा भएको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठकपछि नेता पन्तले भने, ‘नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धितिमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिएर आफ्ना कुराहरु राख्ने निर्णय गरेका छौंं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*