सुदेश पराजुली सहित दुई जना निलम्बित
चैत १३, हेटौंडा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (अनेरास्ववियु) केन्द्रिय कार्यलयको बैठक क ऐन महरको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त बैठकमा अनेरास्ववियु कार्यालय सदस्यहरु सुदेश पराजुली ,ओसिम आलम र आरती लामालाई आज देखी लागु हुने गरि निलम्बन गदै तिन दिन भित्र स्पष्टिकरणको माग गरेको छ । अनेरास्ववियले सम्मानीत सर्वाेच्च अदालतको गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत अवस्थामा रहने फैसलालाई हार्दिक स्वागत र सम्मान गर्दै उक्त निर्णय लाई कार्यान्वयनको प्रसंसा गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले आगमि जेष्ठ ३० गते तोकिएको स्ववियु निर्वाचन लाई स्वागत गदै अनेरास्ववियुका सम्पुर्ण क्याम्पस तथा मातहत कमिटिहरुलाई निर्वाचनको तयारीमा जुटन निर्देशन गरेको छ ।

























