होली खेल्ने क्रममा एसिड दलेपछि पाँच बालबालिका घाइते

चैत १६, काठमाडौँ – काठमाडौँको शंखरापुरमा आइतबार होली खेल्ने क्रममा स्थानीय बालबालिकाले अन्जानमा पानी भनेर एसिड आपसमा दल्दा पाँचजना घाइते भएका छन् ।

शंखरापुर–१ स्थित नविन ग्राममा डेरी सञ्चालनका क्रममा प्रयोग भएको एसिड चलाउँदा पाँचजना घाइते भएका हुन्। खेल्दै जाने क्रममा बालबालिकाले एसिडलाई पानी भनेर दलेको प्रहरी कार्यालय नाङ्गलेभारेका सई गणेश श्रेष्ठले बताए।

उनका अनुसार प्रयोग भइसकेको एसिड बालबालिकाले होली खेल्दै जाने क्रममा अन्जानमा एकअर्कालाई दलेका हुन्। ‘होली खेल्दै जाँदा ग्यालीनमा राखिएको एसिड पानी भनेर झिकी आपसमा दल्दा घटना भएको देखिन्छ’ सई श्रेष्ठले भने।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

एसिडका कारण घाइते भएकी १६ वर्षकी अश्मिता तामाङ्ग र ११ वर्षका सविन तामाङ्गको स्थानीय शुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। ९ वर्षका विशाल तामाङ्ग उपचारपछि घर फर्केका छन्।

एसिडका कारण हात जलेका १७ वर्षका पवन पहरी र आकाश तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डेरी सञ्चालक केशव नेपाललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएर बौद्धमा राखिएको प्रहरीले जनाएको छ।

नविन ग्राम माविका प्रधानाध्यापक गुरुप्रसाद दंगालले होली खेल्ने क्रममा अन्जानबस एसिड दल्दा बालबालिका घाइते भएको बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*