फागुमा नियम विपरीत गाडी चलाउने दुई हजार भन्दा धेरैलाई कारबाही

 

चैत १६, काठमाण्डौ – काठमाण्डौ उपत्यकामा फागु पर्वमा नियम विपरीत गाडी चलाउने दुई हजार जनाभन्दा धेरै चालक कारबाहीमा परेका छन् ।

हिजो उपत्यकाका विभिन्न ९० ठाउँमा भएको सुरक्षा जाँचमा क्रममा उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तीव्र गतिमा गाडी चलाउने, हेलमेट नलगाइ मोटरसाइकल र स्कुटर चलाउने तथा जाँडरक्सी र नशालु पदार्थ खाएर गाडी चलाउनेहरु कारबाहीमा परेका महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै हेलमेट नलगाइ मोटरसाइकल चलाउने र तीन जना चढ्ने तथा लापरबाही तरिकाले गाडी चलाउनेहरु कारबाही परेका छन् । ट्राफिक प्रहरीका अनुसार जथाभाबी गाडी चलाउने र हेलमेट नलगाउने १६ सय जनालाई कारबाही भएको छ ।

यस्तै, जाँडरक्सी खाएर गाडी चलाउने ५४ जनालाई कारबाही भएको छ । होहल्ला गरी गाडी चलाउने, जबर्जस्ती रङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने १३ वटा चार पाङ्ग्रे र ४६८ वटा दुई पाङ्ग्रे गाडीका चालकलाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*