नेपाल र भट्टराई विरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

चैत १६, हेटौंडा – पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई विपक्षी नबनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा अगाडि बढाएपछि सर्वोच्च अदालतमा परेको रिटमाथि सोमवार सुनवाइ हुँदैछ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरूविरुद्ध अभियोग लगाइएपनि तत्कालीन प्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिइएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको अग्राधिकार प्राप्त रिटमाथि सुनुवाइ भइरहेको छ ।

रिटमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध पनि मुद्दा दर्ता हुनुपर्ने माग गरिएको छ । रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ताको कार्यालय लगायतलाई विपक्षी बनाइएको छ ।

रिटमाथि सोमवार न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा सुनुवाइ भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*