सरकारले मास्क नलगाउनेलाई कारबाही गर्ने
काठमाडौं, १६ चैत्र । के तपाईं मास्क नलगाई सार्वजनिक स्थानहरुमा जाँदैहुनुहुन्छ रु होशियार १ अब कारबाहीमा पर्नुहोला ।
सरकारले मास्क नलगाई सार्वजनिक स्थानहरुमा देखिनेमाथि कडा कारबाही गर्ने भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्ने तयारी गरेको छ ।
मास्क नलगाउनेमाथि प्रहरी लगाएर जरिवाना तथा नियन्त्रणमा लिनेसम्मको तयारी भएको बुझिएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले कडाईको निर्णय गर्न लागेको हो । तर, यसपटक लकडाउनसम्ममा नलाने पक्षमा सरकार रहेको एक मन्त्रले बताए ।
लकडाउन गर्दा अर्थतन्त्र डामाडोल हुने भएकाले सरकार त्यो हदसम्म नबढ्ने भएको हो ।
























