ईन्द्रसरोबरमा टिपर दुर्घटना हुँदा २ जना घाइते

चैत १७, हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नंबर १ को चित्लाङ भेडाफार्म नजिक ढुंगा बोकेको टिपर दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

गएराति थाहा नगरपालिकाको बज्रवाराहीबाट ढुंगा लिएर इन्द्रसरोवर गाउँपालिकाको मार्खुतर्फ जाँदै गरेको बा ४ ख ५२०५ नंबरको ढुंगा बोकेको टिपर ब्याक गर्ने क्रममा आफै अनियन्त्रीत हुँदा टिपर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा टिपर चालक ३० वर्षीय अरुण वाईवा र टिपरमा सवार थाहानगर ५ का १५ वर्षीय जबिन घलान घाईते भएका छन् । उनिहरुलाई उपचारको लागि काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*