नेपाल सनातन धर्म संस्कृति संगठन मकवानपुरको चिन्तन तथा अधिवेशन सम्पन्न
चैत १७, हेटौंडा –नेपाल सनातन धर्म संस्कृति संगठन मकवानपुरको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशन धर्म संस्कृति संगठन समितिका संयोजक यज्ञ प्रसाद कँडेलको अध्यक्षता तथा लक्ष्मी नारायण मन्दिर हेटौंडाका मठाधिस स्वामी रामानुजाचार्यको प्रमुख अतिथ्यता सम्पन्न भएको हो । अधिवेशनले यज्ञ प्रसाद कँडेलको अध्यक्षता २७ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।
संगठनको जिल्ला वरिष्ठ उपाध्यक्षतामा वासुदेव वत्स, उपाध्यक्षमा जितेन्द्र नेपाल र इन्दिरा न्यौपाने , सचिवमा नमराज थपलिया, कोषाध्यक्षमा सुकुन्द प्रसाद आचार्य, सहसचिवमा ज्ञान प्रसाद घिमिरे र कुश अधिकारी, पैवक्तामा रामहरि शर्मा चौलागाँई लगायत चयन भएका छन् ।
त्यस्तै सनातन धर्म संगठनको नगर समितिमा वद्रि प्रसाद सापकोटा चयन भएका छन् । अधिवेशनले सापकोटाको अध्यक्षमा नगरकमिटि पनि २७ सदस्यीय गठन गरेको छ । जसमा उपाध्यक्ष उद्वव बहादुर थापा, सचिव तोयानाथ सुवेदी, सहसचिवमा कृष्ण प्रसाद रिजाल कोषाध्यक्षमा चेत बहादुर स्याङ्तान लगायत रहेका छन् ।
























