मकवानपुर बकैयामा एक वृद्धको शव भेटियो

चैत १७, हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा एक वृद्धको शव फेला परेको छ ।

सोमबार साँझ गाउँपालिकाको वडा नंबर १ का डण्डीखर्क स्थिते चेपरेदोभोनखोलाको किनारमा अन्दाजी ६५ वर्षीयको शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

स्थानीयका अनुसार मानसिक अवस्था ठिक नभएको नाम,थर नखुलेको गुरुङ भेनेर चिनिने वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले सोमबार साँझ उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हाल घटनास्थलतर्फ ईलाका प्रहरी कार्यालय फापरवारीबाट टोली पुगेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*