आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक

चैत १९, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक अहिले केहीबेरमा बस्न लागेको हो ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्नसक्ने अनुमान गरिएको छ । माओवादी केन्द्रका नेताहरुले आजको बैठकमा सर्मथन फिर्ता लिने विषयमा छलफल हुने बताएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका थिए ।

यसै बारेमा छलफल गर्न प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*