हेटौंडा उपमहानगरपालिकाले निशुल्क लोकसेवा पढाउँदै

चैत १९, हेटौंडा । सरकारी सेवामा हेटौंडाका युवाहरुलाई सहज रुपमा प्रवेश गराउनका लागि हेटौंडा उपमहानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनमा सहयोग गर्दै आएको छ । बेरोजगार रहेका युवा जनसक्तिहरुलाई निशुल्क रुपमा लोकसेवा पढाएर सरकारी सेवामा प्रवेश गराउन सहयोग गर्न लागिएको हो ।

लोकसेवा तायरी कक्षाको तालिम हिजोबाट दिन सुरु गरिएको छ । विगतका वर्ष देखि पाँचौ तहको लोकसेवा तयारी कक्षा हेटौंडामा सुरु भएको छ । यो कक्षामा ४५ जना सहभागि छन् । बिकासका लागि अभियान नेपालको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले यस्तै लोकसेवा कक्षाका कारण मकवानपुरका सरकारी कर्मचारी बढ्दै गएको वताउनुभयो । अरु तालिम लिएर प्रमाणपत्र लिने मात्र भन्दा पनि यो तालिम लिएर धेरैजना सरकारी सेवामा प्रवेस गरेकोमा मेयर महतले खुसी व्यक्त गर्नुभयो । तालिम प्रभावकारी रुपमा सञ्चालन गर्न उहाँले निर्देशन समेत दिनुभयो ।

यो तालिम तीन महिना सम्म सञ्चालन हुने छ । संस्थाका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*