कारोबार सुरु भएको १ घण्टामा १२.९२ अंकले बढ्यो नेप्से
चैत १९, काठमाडौं – कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको १ घण्टामा १२.९२ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको १ घण्टा बित्दाँ परिसुचक ०.४९ प्रतिशतले बढेर २६३१.९४ को बिन्दुमा पुगेको छ । कारोबारका १३ उपसमुहमध्ये ४ उपसमुह ओरालो लागेका छन् भने बाँकी उपसमुह उकालो लागेका हुन् ।
यस्तै १२ बजेसम्म कारोबारमा आएका २०५ कम्पनीको २६ लाख ६६ हजार ५११ कित्ता शेयर १७ हजार २०६ पटक खरिद बिक्री हुदाँ १ अर्ब ५५ करोड ५८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
यसैगरी, हालसम्म कारोबारमा आएका कम्पनी मध्ये अपर हाइड्रोपावरले ११ करोड ११ लाख रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
























