भृकुटीमण्डपमा भोलि राष्ट्रपतिद्वारा  मेलम्चीको पानी वितरणको शुभारम्भ

चैत १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि भृकुटीमण्डपमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्ने भएकी छिन् ।

एक कार्यक्रमका बीच पानी वितरणको औपचारिक सुरुवात गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख तिरेश खत्रीले भृकुटीमण्डपमा २४ घण्टा पानी खस्ने ढुंगेधारा बनेसँगै मेलम्चीको पानी वितरणको सुरुवात गर्न लागिएको बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले काठमाडौंमा मेलम्चीको पानीको वितरण सुरु गरिसकेको छ । यही चैत १५ गतेदेखि मेलम्चीको पानी वितरण थालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*