जनगणना जेठ २५ देखि असार ८ सम्म

चैत १९, काठमाडौँ– राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने भएको छ।

बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा छलफलमा भाग लिँदै केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले २०७८ को जनगणनाको मुख्य गणना कार्य २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गरिने बताए।

यस अवधिमा सुपरिवेक्षकहरुले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण सङ्कलन गर्ने उनले जानकारी दिए। महानिर्देशक श्रेष्ठले यस वर्ष करिब ८० वटा प्रश्न लिएर जनगणनाको लागि प्रत्येक घरमा जाने बताए। जनगणनाको लागि ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने पनि बताए। मुख्य जनगणना अघि वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचिकरण गरिने पनि उनले बताए।

जनगणनाको लागि आवश्यक तयारीहरु गरिरहेको उनले बताए। सात प्रदेश र ७७ जिल्लामा ८० स्थानमा जनगणना कार्यालय स्थापना गरिएको पनि उनले जानकारी दिए। स्रोत र साधनले भ्याएसम्म प्रविधिको प्रयोग गरिने महानिर्देशक श्रेष्ठले बताए। वि.सं. १९६८ सालदेखि नेपालमा प्रारम्भ भएको जनगणना हरेक १० र १० वर्षमा हुँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*