नेकपा एमालेको सदस्यबाट भुसाल र पाण्डे निलम्बित

चैत १९, काठमाडौँ – नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई सदस्यबाट निलम्बन गरेको छ ।

पार्टीका उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको हो । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

उनले भने, ‘स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएका कारण घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ।’ प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा सच्चिनका लागि यो अन्तिम अवसर भएको उल्लेख छ।

“आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यवहोरा समेत जानकारी गराइन्छ,” ओलीले लेखेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*