ओलीलाई अध्यक्षबाट हटाएर केन्द्रमा पनि नयाँ कमिटी बनाउने माधव नेपालको घोषणा

हेटौंडा, १९ चैत । नेकपा एमालेबाट निलम्बनमा परेका माधव कुमार नेपालले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर केन्द्रमा पनि नयाँ कमिटी बनाउने घोषणा गरेका छन् ।

पोखरामा कास्की जिल्लामा आफू पक्षीय कमिटीको घोषणा गर्दै नेपालले अब चाँडै केन्द्रको पनि घोषणा गर्ने जानकारी गराएका हुन् ।

जिल्लामा सबै संगठित हुन र कमिटी बैठकहरूनियमित गर्न निर्देशन दिदै उनले सबै एकै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्ने बताए ।

नेता नेपालले धेरै युवाको साथ आफूलाई आइसकेको भन्दै खुट्टा कमाएर नभाग्ने र केपी ओलीको कारबाहीबाट नडग्ने बताए ।

एमालेले माधव नेपाल र भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीको सदस्यबाट निलम्बन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*