ट्रक र मोटरसाइकल ठोक्किदा हेटौंडाका खड्काको ज्यान गयो

चैत २२, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर १ सानुटारमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार राति काठमाण्डौबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ८१२९ को खाली ट्रक र विपरीत दिसाबाट आउँदै गरेको ना १९ प ८९६ नंबरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ सिचाँईटोल बस्ने २४ वर्षीय अनिश खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी २ जनाको घाईते भएका छन् । घाईते हुनेहरुमा ट्रक चालक जितपुरसिमरा उपमहानगरपालिकाका ३२ वर्षीय मधु विष्ट र ट्रकधनी भीमफेदी–२ बस्ने २८ वर्षीय सुरेश घलान रहेका छन् ।

विष्टलाई थप उपचारको लागि चितवन रिफर गरिएको छ भने घलानको उपचार हेटौंडा स्थित चुरेहील अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवजानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*