डढेलोको कारण बकैयामा थिङको घर सहित नगद ५० हजार खरानी

चैत २२, हेटौंडा । पूर्वी मकवानपुरको बकैयामा वनमा लागेको डढेलोले घरमा आगलागी हुँदा घर जलेर खरानी भएको छ ।बकैया गाउँपालिकाको वडा नंबर १ को धोबीडाँडाका स्थानीय धन बहादुर थिङको घरमा आगलागी हुँदा घरमा भएको नगद ५० हजार सहित घरमा भएको अन्नपात सहित घर जलेर नष्ट भएको हो ।

केहिदिन एता वनजंगमा आगोलागी भईरहेको छ स्थानीय बुद्धिमान वाईवाले भने,‘वनको डढेलोले घरमा आगलागी भयो । हावाहुरीले डढेलोको झिल्का घरको पालीको खरमा आगलागी भयो । घरमा बुहारी मात्र भएकोे अवस्थामा आगलागी हुँदा आगो एक्लै निभाउँन नसक्दा घर,गोठ जलेर खरानी भयो । गोठको गाईभैसी बाख्रा भने सार्न भ्याएछन् ।’

उनले आफु छिमेकीहरु आगलागी स्थान पुग्दा सम्म घर जलेर नष्ट भईसकेको बताए । उनले भने,‘छिमेकीको घर मेरो घरबाट १० मिनेट टाढा छ,दिउँसो साँडे ४ बजेको हुनु पर्छ,वस्ति पातलो छ खबर ढिलो पायौ,पुग्दा सम्म घर डढेलोले घर खरानी बनाईसकेछ । निकै दुःख लाग्यो । छोराको बिहे गर्न भनेर जम्मा गरेको नगद ५० समेत नष्ट भएको खबर सुनियो ।’

स्थानीय वाईवाका अनुसार वनको डढेलोले घरमा आगलागी हुँदा घरमा भएको नगद करिब ५० हजार सहित अन्नपात,लत्ताकपडा जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षती भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*