हेटौंडाको भैरबडाँडामा भेटिया ढकालको शव
चैत २२, हेटौंडा । मकवानपुरको हेटौंडामा पछिल्लो ४ दिनदेखि हराएका हेटौंडा–४ कमलडाँडाका विनोद ढकाल शनिबार मृत भेटिएका छन् ।जिल्ला प्रहरी कार्यलय मकवानपुरको अनुसार ४९ वर्षीय ढकाल हेटौंडा-१ को भैरबडाँडाको सामुदायीक वनमा मृत भेटिएका हुन् ।
परिवारले मानसकि समस्या भएका ढकाल चैत १८ गते देखि हराएको भनि निवेदन दिएको र आफुहरुले खोजि कार्य समेत गरेको तर नभेटिएको शनिबार स्थानीयले शव सडेको अवस्थामा देखेपछि अनुसन्धानको क्रममा शव ढकालको भएको परिवारले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारीले बताए । शव नजिकै विषाधीको बट्टा समेत फेला परेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
मृत अवस्था फेला परेको ढकालको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याएको र घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।