हेटौंडामा लेखनदासको काम गर्छु भन्दै सर्वसाधारणसँग रकम माग्ने लामा पक्राउ

चैत ३०, हेटौंडा । प्रहरीसँग जुन सुकै काम गराईदिन्छु भन्दै सर्वसाधारणसँग रकम माग्ने हेटौंडाको एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १ बस्ने ३० वर्षीय संजोग लामा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

लामाले लेखनदासको काम गर्छु र प्रहरीसँग जुनसुकै काम गराईदिन्छु भन्दै सर्वसाधारणसँग रकम माग्ने गरेको गुनासो प्राप्त भए संगै पक्राउ गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुसरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*