नेपाली कांग्रेसको केन्द्रीय बैठक स्थगित

चैत ३०, काठमाण्डौ – नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

वरिष्ठ नेताको अनुपस्थितिमा बैठक बस्न नसक्ने भन्दै सभापति शेरबहादुर देउवाले रोक्न निर्देशन दिएअनुसार आज बैठक नबस्ने उहाँले जानकारी दिनुभयो ।

आजको बैठकमा नयाँ सरकार गठनको पहल, महाधिवेशनको सदस्यता नवीकरण लगायतका विविध विषयमा निर्णय गर्ने एजेण्डा थिए ।

हिजो भएको पदाधिकारी बैठक पनि सभापति देउवा र वरिष्ठ नेता पौडेल अनुपस्थित भएपछि निर्णयबिना नै सकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*