विद्यालय तत्काल बन्द नगर्न सरोकारद्वारा शिक्षा मन्त्रालयलाई सुझाव

चैत ३०, काठमाडौँ – तत्काल विद्यालय बन्द नगर्न सरोकारवालाहरुले शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन्।

सोमबार बिहान शिक्षा मन्त्रालयमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा शैक्षिक संस्थाहरुमा अपनाउन सकिने सावधानी र संक्रमण नियन्त्रणको प्रयासबारे छलफल भएको हो।

शिक्षा सचिव रामप्रसाद थपलियासहित प्याब्सन, एनप्याब्सन, अभिभावक संघ लगायतसँग छलफल भएको हो। अधिकांशले तत्काल विद्यालय बन्द नगर्ने तर सावधानीका उपायहरु अपनाउन सुझाव दिएको शिक्षा मन्त्रालयले जनाएको छ।

पछिल्ला दिनहरुमा संक्रमण बढ्न थालेको छ। शैक्षिक संस्थाहरुमा संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्द गर्नेबारे सोच बनाए पनि सरोकारवालाहरुले तत्काल विद्यालय बन्द नगर्न सुझाव दिएका छन्।

आजको छलफलमा उठेका कुराहरुलाई सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा सचिव रामप्रसाद थपलियाले बताएका छन्।

बैठकमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ भने सहभागी भएनन्। बैठकमा सहभागी नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताए।

उनले कोरोना सङक्रमणको जोखिम कुनै ठाउँमा पर्‍यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा जोड दिए।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का अध्यक्ष टीका पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९एन प्याप्सन० का महासचिव सुवास न्यौपानेको पनि जोखिम न्यूनीकरण गर्न सावधानी अपनाउनुपर्ने तर विद्यालय बन्द नगर्ने सुझाव थियो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोरोनाको प्रभाव सबैतिर एकनास नहुने भएको हुँदा क्षेत्रगत रुपमा निर्णय लिनुपर्ने सुझाव दिए।

सामुदायिक विद्यालय केन्द्रीय महासङ्घका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चान गर्न सुझाव दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*