ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

चैत ३०, काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

ओली पक्षका एक केन्द्रीय सदस्यका अनुसार वैशाख ६ गते ओलीले एमालेको केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफ्नो सहभागिता बिना ओलीले यसअघि फागुन २८ गते र चैत्र ७ गते आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर गरेका निर्णयहरु फिर्ता हुनुपर्ने माग गर्दै आएको छ।

तर ती निर्णयहरु फिर्ता नगर्ने ओलीले अडान लिएका छन्। नेपाल–खनाल पक्षका नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुषाललाई ओली पक्षले ६ महिनाका लागि निलम्बन गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*