आजदेखी ४० देखि ५९ वर्ष उमेर समूहलाई चिनियाँ खोप दिइँदै
३१ चैत, काठमाडौं । सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँदै छ । ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो । त्यसबेला १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति छानिएको थियो ।चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप नेपाल सरकारले चैत १६ गते काठमाडौं ल्याएको थियो ।
सो खोप २३ वटा केन्द्रबाट दिन लागिएको खोप महाशाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए ।
























