बागमती प्रदेशमा बढ्दै कोरोना संक्रमित
चैत ३१, हेटौंडा – कोरोनाको दोस्रो लहर फैलिएसंगै बागमती प्रदेशमा जोखिम बढेको छ । प्रदेशमा दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढ्दै गएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिए ।
कोरोनाका बिरामी उपत्यकाका जिल्लामा धेरै देखिएका छन् । बागमती प्रदेशमा सोमबार एकै दिनमा २ सय ३५ जना कोरोना भाइरस संक्रमित थपीएका छन् । कोरोनाको दोस्रो लहर फैलिएसंगै बागमती प्रदेशका जिल्लामा यसको जोखिम बढेको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५४ हजार ६ सय ९६ पुगेको छ । आईतबार १ सय ६२ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
सोमबार अपरान्ह प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २९ पुगेको छ । १ हजार ४ सय ६४ कोरोना संक्रमित उपचाररत छन् भने १ लाख ५२ हजार २ सय ४ जना निको भएका छन् ।
मकवानपुर जिल्ला पनि कोरोनाको उच्च जोखिममा परेको छ । भारतको रक्सोलबाट सिधै बिरगन्ज हुँदै आवतजावत बढेपछि कोरोनाको जोखिम बढेको हो । स्वास्थ्य मापदण्ड पनि पालना नहुँदा थप समस्या भएको स्वास्थ्यकर्मीहरु वताउँछन् । मकवानपुर जिल्लामा पनि कोरोनासंग मिल्दोजुल्दो लक्षणका बिरामीहरु बढ्न थालेका छन् ।
बागमती प्रदेशका उपत्यकाका जिल्लामा कोरोनाको जोखिम अली बढेको छ ।
























