सामाजिक सुरक्षा भत्ता बढ्ने प्रधानमन्त्रीको भनाई

बैशाख १, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्।

नयाँवर्ष २०७८ को अवसर देशवासीका नाममा बुधबार सम्बोधन गर्दै उनले आउँदो बजेटबाट सामाजिक सुरक्षा भत्ता बढाइने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरू गरिएको थियो। अहिले दिनको एक सयमा पुगेको छ।

आगामी दिनमा बढ्छ। आउँदो बजेटमा अझै वृद्धि गरिनेछ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*