२०७७ को महत्वपूर्ण उपलब्धि भनेकै नयाँ नक्सा जारी हुनु हो- राष्ट्रपति

बैशाख १, हेटौंडा – राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् ।

नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकी हुन् ।

उनले कोभिड–१९ सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै दैनिक व्यावहारिक जीवन जारी राख्न सम्पूर्ण देशवासीमा आह्वान गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*