हेटौंडामा थप २ जनामा कोरोना संक्रमण
बैशाख १, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर २ का ४३ र ६० वर्षीय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १५ जनामा गरिएको कोरोना परिक्षणमा थप २ जनामा संक्रमण देखिएको हो । यो संगै मकवानपुरमा पुष्टि हुनेको संख्या ३ हजार ९ सय १० पुगेको छ ।
मकवानपुरमा हालसम्म ३ हजार ८ सय ६० जना संक्रमण मुक्त भएका छन् । मकवानपुरमा कोरानाको कारण हालसम्म ३२ जनाको ज्यान गएको छ । मकवानपुरमा आजको दिनमा १७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
























