मुख्यमन्त्री गुरुङको सिफारिसमा गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

काठमाडौं, बैशाख २- मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागु हुने गरि अधिवेशन अन्त्य गरेका हुन् ।
अधिवेशन अन्त्य भएको सूचना आइपुगेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्ताव छल्नका लागि अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । गण्डकी प्रदेशको विधेयक अधिवेशन गएको चैत २५ गते सुरु भएको थियो । तीन दिन चलेको प्रदेशसभा बैठक वैशाख ६ गतेसम्मका लागि स्थगित थियो ।

तर राजनीतिक खिचातानिकाबिच आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्रीले अधिवेशन अन्त्यका लागि सिफारिस गरेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*