हेटौंडामा प्रेमिका बलात्कार गरेको आरोपमा प्रेमी पक्राउ

हेटौंडा, बैशाख २ – प्रेमिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेमीलाई पक्राउ गरेको छ ।

बुधवार राति हेटौंडा उपमहानगरपालिका–६ पुतली बजारस्थित खोलाको बगरमा प्रेमिका बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा घर भएका विशाल पासवानलाई पक्राउ गरेको छ ।

२१ वर्षीय विशाल कर्मचारी हुन् । उनी हेटौंडा स्थित एक सरकारी कार्यालयका अस्थायी कर्मचारी भएको बताइएको छ ।गएराति साढे १० बजे ‘सामूहिक बलात्कार’ भएको सूचना पाएपछि घटनास्थलमा पुगेका मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले पासवानलाई पक्राउ गरेको हो ।

बलात्कृत प्रेमिका १८ वर्षभन्दा कम उमेरकी छिन् । वीरगञ्ज महानगरपालिका–२३ घर भई हेटौंडा बस्ने विशालबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*