गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि गण्डकी प्रदेशमा विशेष अधिवेशनको माग

गण्डकी, बैशाख २– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमो) नेपाल लगायतका दलले संसदको विशेष अधिवेशन बोलाउन माग गरेका हुन् ।

यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट अधिवेशन अन्त्य गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*