हेटौंडाको म्यानेजमेन्ट क्याम्पसमा शंकास्पद वस्तु फेला
बैशाख ३, हेटौंडा । हेटौंडा ४ स्थित रहेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
क्याम्पसको पुरुष शौचालय भित्र बाकस जस्तो देखिने तार निस्कीएको शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक प्रबक्ता जयश्वर रिमालले बताए । ‘हामीलाई ७ बजेर ४५ मिनेटतिर क्याम्पसमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको खबर आयो । खबरसंगै सेनाको डिस्पोजल टोलीलाई बोलाइएको छ,’ उनले भने ।
सेनाको डिस्पोजल टोली केहि समयमै आइपुगेपछि उक्त बस्तु बम भए नभएको थाहा हुने प्रबक्ता रिमालले बताए । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
























