आज सर्वोच्च अदालतमा सिफारिस २ न्यायाधीशबारे सुनुवाइ हुँदै
हेटौंडा, बैशाख ३ – सर्वोच्च अदालतका लागि न्यायाधीश प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालबारे आज ९शुक्रबार० सुनुवाइ हुँदैछ।
प्रधानन्यायाधीश नेतृत्वको न्यायपरिषद् बैठकले गत फागुन २८ गते न्यायाधीशमा सिफारिस गरेका उनीहरूविरुद्ध संसदीय सुनवाइ समितिमा ७ उजुरी परेका छन्। समितिले उजुरीकर्ताहरूसँग छलफल गरिसकेको छ।
सुवेदीविरुद्ध सर्वोच्च अदालतमा योग्यतासम्बन्धी प्रश्न पनि उठेको थियो। तर सर्वोच्च अदालतले उको योग्यतामा प्रश्न गर्ने ठाउँ नभएको ठहर गरेको थियो।
























